८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


वर्ल्ड लिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज ल्याउँदै


1.04k
Shares

काठमाडौं । वर्ल्ड लिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ ।

इ–स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिंकले गेमिङ प्याकेज ल्याउन लागेको जनाएको हो ।

मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ–स्पोर्टस् खेलाडीले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए ।

उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्। उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ ।

जसले गर्दा इ–स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको संख्या ४५ लाख हाराहारी रहेको बताइएको छ ।