१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


१८ वर्षभन्दा कम उमेरका लागि स्मार्टफोन प्रयोगको सीमा तोक्दै चीन


1.885k
Shares

एजेन्सी । चीनले १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरी तथा बालबालिकाहरुका लागि स्मार्ट फोनलगायतका उपकरणको प्रयोगमा सीमा तोक्ने भएको छ ।

इन्टरनेटको बढ्दो प्रयोगको लतका कारण बालबालिकाहरुको रचनात्मक क्षमतामा ह्रास आएको भन्दै चीनको साइबर स्पेश प्रशासनले यस्तो तयारी गरेको हो ।

उसले स्मार्ट फोन उत्पादकहरुलाई माइनर मोडसहितका उपकरण बनाउन निर्देशन दिएको छ । साइबर स्पेश प्रशासनले १६ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई दिनमा २ घण्टा मात्रै स्मार्टफोनमा पहुँच दिने प्रस्ताव गरेको छ ।

यस्तै, ८ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रति दिन बढीमा एक घण्टा स्मार्टफोन चलाउन दिइने छ । ८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई भने दिनमा ८ मिनेट मात्रै स्मार्टफोन चलाउने सुविधा प्राप्त हुने छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरु आफैंले पनि बालबालिकाको पहुँच घटाउने गरी प्रविधि विकास गर्न सक्ने पनि प्रस्ताव गरिएको छ ।