१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपिलवस्तुमा खानेपानीमा इकोली ब्याक्टेरिया भेटियो


2.587k
Shares

कपिलवस्तु । कपिलवस्तुमा १४ प्रतिशत खानेपानीमा इकोली ब्याक्टेरिया अर्थात् दिसा मिसावट भएको पाइएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा गर्दा १५ वटामा इकोली ब्याक्टेरिया भेटिएको हो । जिल्लाका ८ स्थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली ब्याक्टेरिया भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तवले जानकारी दिनुभयो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ ।

परीक्षणमा जिल्लाका सुद्धोदन,मायादेबी गाउँपालिका र महाराजगंज नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ । २ वर्षअघि जिल्लाको कृष्णनगर,महराजगंज,मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिँदा पाँच जनाको मृत्यु भएको थियो ।