
काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ ।
बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा बनेको छ । त्यसैगरी बैठकमा संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको पार्टी अध्यक्ष सीके राउतले जानकारी दिनुभयो ।
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्