१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्रसर उद्योग ठप्प हुँदा निर्माण प्रभावित


1.274k
Shares

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।

नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरु नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो । महासंघले लामो समयदेखि उद्योगहरु नवीकरण नगरिएको विरोधमा सबै उद्योग बन्द गरिरहेको छ । महासंघका अध्यक्ष सीताराम न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित क्रसर उद्योगहरूको तत्काल नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो।

न्यौपानेले निजी क्षेत्रले यतिखेर अविभावक नभएको अनुभव गरेको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्रीले राष्ट्रिय क्रसर उद्योग दर्ता नविकरण नहुनु राष्ट्रिय समस्या भएको भनिसक्दा समेत समस्या समाधान नभएकोप्रति आश्चर्य व्यक्त गर्नुभएको छ । उहाँले कानूनसम्मत दर्ता भएका तर मापदण्डका कारण नवीकरण नभएका उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेर नविकरण गरी सञ्चालन गर्ने विषयमा सरकारले तत्काल निकास दिनुपर्ने बताउनु भयो ।