
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका ८ वटा अस्पतालहरुको अनुगमन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंका ४, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।
मन्त्रालयका अनुसार काठमाडौंको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो ।
नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले अस्पतालहरुमा नागरिक वडापत्र लागू हुनुपर्ने बताउनुभयो । उहाँले बिरामीहरुले अस्पतालले निःशुल्क उपचार दिनुपर्ने पनि बताउनुभयो ।
अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरुको अनुगमन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्