२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र छैन : पूर्वसभामुख ढुंगाना


442
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालबाट राजतन्त्र विस्थापित भएपनि जनसंस्था स्थापित हुन नसकेको बताउनुभएको हो ।

पूर्वसभामुख ढुंगानाले नेपालमा केवल राजस्थ बिस्थापित भएको गणतन्त्र मात्र भएको बताउनुभयो । उहाँले गणतन्त्रमा जनताको हीत हुनुपर्ने भएपनि जनसंस्था र जनप्रतिनिधिहरु व्यापारी भन्दापनि मुनाफाखोर भएका बताउनुभयो । अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उहाँको भनाई छ । पूर्वसभामुख ढुंगानाले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बताउनुभयो ।

पूर्वसभामुख ढुंगानाले गणतन्त्रमा नक्कली भूटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरु हुनु नहुने बताउनुभयो । यि दुई प्रकरणलाई देखाउँदै उहाँले जनसंस्था र जनताको शासन यस्तो हुन्छ ? भन्ने प्रश्न समेत गर्नुभयो ।