१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र युनिसेफकी नेपाल प्रतिनिधि अकुंगाबीच भेटवार्ता


91
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रय संघीय नियोग (युनिसेफ)की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

युनिसेफको नेपालप्रतिनिधिका रुपमा आएकी अकुंगाले बिहीबार सिंहदरबार स्थित आयोगको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागतगर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, वातावरण, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अकुंगाले उल्लेख गर्नुभयो ।

सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो ।