
काठमाडौं । झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ ।
साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईले बताउनुभयो ।
झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेंगु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताउनुभयो ।
सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेंगु सङ्क्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारीरोग फोकलपर्सन एवम् जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार सात सय ८४ डेंगु सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाँकी ४७ प्रतिशत महिला छन् ।
प्रतिक्रिया दिनुहोस्