
काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ जंगलबाट ल्याएको च्याउ खाएर बारेकोट गाउँपालिका– ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो ।
उनकी आमा डल्ली सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिकाले जनाएको छ । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्