८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गौरीशंकरमा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता


442
Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएकोमा एक बालकको शव फेला परेको दोलखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टोपाटारका यज्ञबहादुर थामीमा १५ महिनाका नाति प्रिन्स थामीको शव फेला परेको छ । पहिरोमा परी वडा नम्बर ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती वेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका छन् भने सदरमुकामबाट हेलिकप्टर पनि पठाइएको छ । पहिरोमा परी घाइते भएका तीन जनालाई उपचारका लागि काठमाडौं पठाइने भएको छ ।

सोही वडाको सल्ले गाउँमा पनि पहिरोले दुइ वटा घर बगाएको भने १५ घर परिवार विस्थापित भएका छन् । घटनास्थल सदरमुकामदेखि निकै दुर्गममा रहेको छ ।