२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कालीगण्डकीमा एक जना बेपत्ता


390
Shares

काठमाडौं । देवघाटस्थित त्रिशुली र कालीगण्डकीको संगमबाट बगेर एक जना बेपत्ता भएका छन् ।

बेणी सङ्गममा कालीगण्डकीले बगाएर दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् ।

सङ्गमस्थलमा नुहाइरहेका भुसाललाई नदीले बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता भुसालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।