७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मुलुकको कठिन समयले निजी क्षेत्रको सहकार्य माग गरेको छ : अध्यक्ष ढकाल


104
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको कठिन समयले निजी क्षेत्रको सहकार्य माग गरिरहेको बताउनुभएको छ ।

बिहीबार अध्यक्ष ढकालले महासंघको नेतृत्व लिएर १०० दिनमा गरेका कामको विषयमा पत्रकारहरुलाई जानकारी दिँदै यस्तो बताउनुभएको हो ।

उहाँले संकटमा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने कठिन समयमा मुलुकले निजी क्षेत्रको सहकार्य खोजेको बताउनुभयो । उहाँले विगत लोमा समयदेखि आफूले निजी क्षेत्रका निजी क्षेत्रका मुद्दाहरु एउटै भएकाले सहकार्य आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले मुलुकमा धेरै क्षेत्र विभाजित भइरहेका बेला निजी क्षेत्रका छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स एकै ठाउँ आउनु सुखद् पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय निजी क्षेत्रका माग र प्रतिक्रिया संयुक्त रुपमा दिँदा निजी क्षेत्र एकताको सन्देश गएको समेत बताउनुभयो । उहाँले बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रका सुझाव एउटै रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले विगतमा आयात निरुत्साहित गर्ने र चालु पुँजी कर्जा मार्गदर्शनले समस्यामा पारेको भन्दै यसले वाह्य क्षेत्र सन्तुलित बनाए पनि मुलुकभित्र अर्थतन्त्र मन्दीमा गएको बताउनुभयो । उहाँले मौद्रिक नीतिमा निजी क्षेत्रको ठूलो अपेक्षा भएपनि नीतिले यसलाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।

अध्यक्ष ढकालले कर्जा बिस्तार उच्च रुपमा भएर पनि आर्थिक वृद्धि हुन नसक्नुको कारण अध्ययन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले बढी ऋण प्रवाह भएकै कारणले समस्या भएको भन्दै यसलाई हठात रुपमा रोक्नुपर्छ भनेर भन्नु गलत भएको उल्लेख गर्नुभयो । उहाँले ऋण लिने मान्छेमात्रै दोषी कसरी भए भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्र समस्यामा रहेका व्यवसायीलाई ऋण दुरुपयोग गरेको भनेर थप मानमर्दन गर्न नमिल्ने बताउनुभयो । उहाँले यस्ता विषयमा केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत ध्यानाकर्षण गराउनुभयो । उहाँले महासंघलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न कदमहरु चालिएको बताउनुभयो। उहाँले महासंघका समिति र फोरमको महत्व बढ्नुका साथै प्रभावकारी काम गर्ने प्रतिवद्धता पनि जनाउनु भयो।