१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनकुटा महोत्सवको खर्च विवरण सार्वजनिक


247
Shares

धनकुटा । धनकुटामा संचालन भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रद्धशनी एभोकाडो एवं धनकुटा महोत्सवको खर्च सार्वजनिक गरिएको छ ।

महोत्सवको आयोजक समेत रहेको धनकुटा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको आय व्यय सार्वजनिक गरेको हो ।

महोत्सवका लागि विभिन्न संघ सस्था, प्रायोजक, सहप्रायोजक तथा अन्य सहयोगी सस्थाबाट ५६ लाख २८ हजार ४ सय रुपैया प्राप्त भएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका कोषाध्यक्ष रुपेश श्रेष्ठले पत्रकार संमेलनमा जानकारी दिनुभयो ।

स्थानीय उत्पादन तथा लोक सस्कृतीलाई प्रोत्साहन गर्ने र पर्यटन प्रबद्र्धन गरि धनकुटाको विकास समृद्धिको लागि सहयोग गर्ने लक्ष्य राखि महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी गराउनुभयो ।