
काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।
आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो । शुक्रबार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धि गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मनदेखिनै काम गर्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता जनाउदै अन्तर मन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताउनुभयो ।मन्त्रालयले गत आर्थिक बर्षमा अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको बताउदै मन्त्री गुरुङले यस आर्थिक बर्षमा लक्ष्य अनुसारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले रुग्ण आयोजनाहरुमा अब धेरै अलमलिन नहुने बताउदै काम नगर्ने निर्माण व्यवसायीहरुसँग ठेक्का तोडेर अघि बढन निर्देशन दिनुभयो ।
शहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक बर्षमा ३८ अर्ब ९५ करोड ७९ लाख ४ हजार बजेट विनियोजन भएकोमा ५९ प्रतिशत वित्तिय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस आर्थिक बर्षमा विभागको लागि २९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्