१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


झापा कारागारभित्र कैदीबन्दीबीच झडप


2.938k
Shares

झापा । कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा झडप भएको छ ।

कारागारमा रहेका कैदी मनोज लावतीसहित केही कैदी बन्दीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा शुक्रबार अपरान्हदेखि झडप सुरु भएको हो ।

कैदीबन्दीबीच झडप हुँदा कारागार भित्र आगजानी समेत गरिएको छ । कारागार भित्र धुवाको मुस्लो देखिएपछि भद्रपुर नगरपालिकासहित मेचीनगर र बिर्तामोडको बरुणयन्त्र पानी हाल्न प्रयोग गरिएको छ ।

कारागारभित्र झडप भएसँगै शसस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर परिचालन गरिएको छ । कारागार भित्रको क्षतिको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

कैदीबन्दीबीच झडप भएसँगै प्रहरीले हवाई फयर समेत गरेको छ ।