
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले संसदलाई सुचारु गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले संसद सुचारु भएमा सुन प्रकरणको छानबिनमा सघाउ पुग्ने बताउनुभयो ।
सांसद अधिकारीले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेहरुलाई कानूनी कारबाहीबाट चोख्याइने गरेको भन्दै यसो गर्नु नहुने बताउनुभयो । उहाँले सबैलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद अधिकारीले जग्गा फिर्ता गर्नेहरुलाई कानूनी कारबाही नगर्ने हो भने यस्ता प्रकरणहरु दोहोरिइरहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्