११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैन : सांसद श्रेष्ठ


1.053k
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानविन सिआइबिले गर्न नसक्ने बताउनुभएको हो । उहाँले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताउनुभयो ।

सांसद श्रेष्ठले सुन तस्करी प्रकरणलाई सरकारले खेलाची गरिरहेको बताउनुभयो । उहाँले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो ।

सांसद श्रेष्ठले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताउनुभयो ।