२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतसँग सन्धी र सीमा समस्या समाधान गर्न सक्नुपर्छ : अध्यक्ष थापा


117
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले भारतसँग असमझादारी भन्दा पनि समझदारी बढाएर दुई देश भित्रका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले प्रधानमन्त्री दाहाल भारत भ्रमणमबाट खुशी भएर फर्किए पनि व्यवहारीक रुपमा के परिवर्तन भएको भन्ने विषय सबैले देखिरहेको बताउनुभयो । उहाँले नेपाल भारतबीच विगतदेखि स्वाभीमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्वपूर्ण विषयमा समस्याहरु रहेको बताउनुभयो ।

अध्यक्ष थापाले सन् १९५० को सन्धी, दुइ देशबीच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेला बेला आउने डुवानसम्बन्धी समस्या र पारवहानसँग सम्बन्धित विषयहरुमा रहेका असमझदारीहरुलाई सरकारले ट्रयाकमा राखेर यसैलाई आधार मानेर अरु सम्बन्धहरुलाई असर पर्न दिनु नहुने बताउनुभयो ।

अध्यक्ष थापाले व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली जनताको परिवर्तित चाहना र मानसिकतालाई समेत सम्बोधन गर्दै मुलुकलाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउनका निमित्त भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्ने बताउनुभयो ।