
काठमाडौं । राप्रपाका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताउनुभएको छ ।
शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकार भारतसँग सीमा समस्या, डुवान र ईपीजीका विषयमा कुरा उठाउन नचाहेको बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री लोहनीले भारतसँगको परनिर्भता बढ्दै जाँदा सरकार मानसिक रुपमा कमजोर भइरहेको बताउनु भयो। उहाँले मुलुकलाई चामलमा समेत आत्मनिर्भर बनाउन नसक्दा समस्या भइरहेको बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री लोहनीले नेपाल खाद्यन्नमा आत्मनिर्भर हुनेतर्फ उन्मुख नभएको बताउनुभयो । उहाँले नेपालमा खाद्यन्नको भण्डार नहुँदा मूल्य वृद्धि बढ्ने निश्चित रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्