
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले धारणा प्रष्ट बनाउन कति समय लाग्ने हो भन्नेकुरा तोकेर भन्न सक्नुपर्ने बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि ईपीजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपाल–भारतको बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराको आधार ईपीजीको प्रतिवेदनले दिएको बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले सन् १९५० को सन्धी, सीमा समस्याहरुमा वर्तमान सरकार दोषी नभए पनि समस्या समाधान गर्न सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्