१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सवारी साधनको जाँचपास निजीलाई दिने तयारी


13k
Shares

काठमाडौं । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिन छलफल सुरु भएको छ ।

सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढेको हो ।

मुलुकभर परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको बताइएको छ । यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी दिने र सरकारले कसरी अनुगमन गर्ने भनी खाका तयार गर्न सकिने छ ।

सेवाग्राहीसँग कसरी शुल्क लिने, राजस्व संकलन गर्दा कसरी गर्ने र सरकारलाई कति हुने भन्ने निर्धारण कार्यविधिले गर्ने भेहिकल फिटनेस टेस्ट सेन्टरले जनाएको छ ।