२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चिनियाँ अर्बपति ज्याक मा कृषि उद्यममा


6.032k
Shares

एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा कृषि उद्यममा लाग्नुभएको छ ।

विश्वकै ठूला इकमर्स मध्येको एक अलीबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक कृषि उद्यमतर्फ लाग्नुभएको हो ।

चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा हालै स्थापित १ दशमलव ८ मिटर मरिन टेक्नोलोजी नामक कृषि स्टार्टअपमा ज्याक पनि संलग्न रहको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

जुलाई २० मा दर्ता भएको स्टार्टअपको चुक्ता पुँजी १ करोड ५० लाख अमेरिकी डलर रहेको बताइएको छ । यो व्यवसायले जलीय उत्पादन, खाने र प्रशोधनको कामलाई समेटेको छ । यो व्यवसायमा हङकङमा रहेको १ दशमलव ८ मिटर टेक्नोलोजी होल्डिङ लिमिटेडको ८० प्रतिशत हिस्सा छ ।

यसको दोस्रो ठूलो १० प्रतिशत हिस्सा आट्र्स एन्ड कल्चर कम्पनी लिमिटेड रहेको छ । जसको स्थापना ज्याक ले गरेका हुन् ।