
काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ठूलो परिमाणमा कमी आएको छ ।
गएको आर्थिक वर्ष २०७९/८० मा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी आएको हो ।
सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ दशमलव १४ प्रतिशतले कमी आएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालले १५ अर्ब ९७ करोड रुपैयाँ तिरेर १५ हजार ६ सय १० वटा पेट्रोलियम पदार्थबाट गाडी आयात गरेकोमा गएको आर्थिक वर्ष २०७९/८० मा भने तीन हजार ७ सय २५ वटा गाडी आयात भएको छ ।
अघिल्लो वर्ष पाँच अर्ब ५७ करोड रुपैयाँका मात्रै गाडी आएका छन् । तर विद्युतीय गाडीको आयात भने निकै बढेको छ । गएको आर्थिक वर्षमा चार हजार ५० वटा विद्युतीय गाडी आयात भएका थिए ।
यी गाडीको मूल्य ११ अर्ब ८४ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्