१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तगर्त धनुषामा खटिनुभएका केन्द्रिय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भिर नरहेको आरोप लगाउनुभयो ।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरुप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाउनुभयो । महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताउनुभयो । उहाँले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको बताउनुभयो ।

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताउनुभयो ।