१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नेपाल–भारत सम्बन्धलाई अघि बढाउन ईपिजी प्रतिवेदन आवश्यक : ओली


156
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई ईपिजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताउनुभएको छ ।

भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनकानी गरिरहेका बेला अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने दाबी गर्नुभएको हो । दुवै मुलुकका सरकारले तोकेका विज्ञहरुको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढंगले अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन सो प्रतिवेदनले प्रेस्क्रिप्सनको काम गर्ने बताउनुभयो । आजको आवश्यक्ताको उचाईको आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन पनि इपिजी प्रतिवेदनको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले सुगौली सन्धीलगायत भारतसँग विगतमा भएका असमान सन्धि सम्झौताहरु अध्यावधिक गर्दै अघि बढनुपर्ने बताउनुभयो ।