२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाहाललाई शर्माको प्रश्न : कुन मोडमा मेरो साथ पाउनुभएन ?


25.974k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिँदै आएको बताउनुभएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेक्रममा शर्माले आफूले अध्यक्षलाई असहयोग नगरेको प्रस्टीकरण समेत दिनुभयो ।

अध्यक्षलाई आफूले सहयोग गरेको तर, गलत प्रचार गरेको उहाँको गुनासो थियो । शर्माले कुन मोडमा आफूले अध्यक्षलाई असहयोग गरे भन्दै प्रश्न समेत गर्नुभयो ।

यस्तै, शर्माले पार्टीका नेताको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । पार्टी नेताका सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको बताउनुभएको हो ।

आफूले कुनै गल्ती नगर्दा पनि आफूमाथि प्रश्न उठेको भन्दै उहाँले छानबीनका लागि मार्गप्रशस्त गरेको स्पष्ट पार्नुभयो ।