२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पार्टीका अग्रज नेताका बारेमा जन–मानसमा जानकारी गराउनुपर्नेमा देउवाकाे जोड


403
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताका बारेमा जन–मानसमा जानकारी गराउनुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औँ स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिनुभएको हो ।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पङ्क्तिको स्मरणीय नेताका रूपमा पुर्नस्थापित गर्दै शीर्षस्थ नेताका रूपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राख्नुभयो । विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै उहाँले अहिले पार्टीले न्याय गरेको जिकिर गर्नुभयो ।