९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नागरिक उन्मुक्तिमा विवाद


6.552k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा विवाद उत्पन्न भएको छ ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीमा विवाद उत्पन्न भएको हो ।

गत वैशाखमा मन्त्रीको आश्वासन पाएपछि प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पार्टीले अपमान गरेको बताएका छन् ।

रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका उनी उपाध्यक्ष हुन्। उनले भने, ‘विवाद मैले ल्याएको छैन । पार्टीभित्र विवाद अरूले ल्याएका हुन् । पार्टीको विधि, पद्धति र मूल्यांकनलाई लत्याएर निर्णय आएपछि विवाद देखिहाल्छ नि ।’

चौधरीले पार्टीले पेलेर निर्णय गरेको बताए । प्रदेशसभाका सदस्य तथा पार्टीमा आफ्नो पक्षमा कोही नभए पनि टीकापुरका नागरिक आफ्नो पक्षमा रहेको तर्क उनको छ ।

प्रदेशसभाका विषयगत समितिमा नबस्ने उनले बताए । पार्टीको राजनीतिमा कनिष्ठलाई मन्त्री पद दिएको तर, आफूलाई विषयगत समितिमा बस्न गरेको आग्रहप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।