
web pic
काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।
घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
ट्याक्टर चालक सुरज बोहराले मादकपदार्थ सेवन गरेर ट्याक्टर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्