१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरी रिपोर्ट आजदेखि अनलाइन मार्फत


17.654k
Shares

काठमाडौं । आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट)लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अहिलेसम्म नेपाल प्रहरीको बेवसाइटमा अनलाइनबाटै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको छ । अनलाई प्रमाणीकरण हुने भएपछि रिपोर्ट लिन सेवाग्राही स्वयं उपस्थित हुनु पर्ने बाध्यता अन्त्य ह्ुने छ ।

राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन यो नियम लागु गर्न लागिएको हो ।