१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनमा ५ दशमलव ५ म्याग्नेच्युडको भुकम्प


1.092k
Shares

एजेन्सी । चीनमा ५ दशमलव ८ म्याग्नेच्युडको भुकम्प जाँदा दर्जनौं घरहरु ढलेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्‍याएको हो ।

भुकम्पको केन्द्रविन्दु सो शहरदेखि २५ किलोमिटर पर अफगानिस्तानको सीमा नजिक रहेको जनाइएको छ । शनिबार राती साढे २ बजे भुकम्प गएपछि मानिसहरुमा भागदौड मच्चिएको थियो ।

भूकम्पले अफगानिस्तानमा भने कुनै क्षति नगरेको समाचारमा उल्लेख छ ।