
काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गर्नुभएको छ । गत बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा नेपालका १६ तथा भारतका ३ जना बेपत्ता भएका हुन् ।ती मध्ये ३ जनाको शव भेटिएको छ । तर उनीहरु नेपाली या भारतीय को हुन् भन्ने थाहा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्