
काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् ।
नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो ।
अगष्ट २८ देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा आवद्ध भएकी उनी काठमाडौं आएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ । हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् । देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् ।
प्रतिक्रिया दिनुहोस्