२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कमलामाई नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द


598
Shares

सिन्धुली । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाई नगरपालिका मातहतका विद्यालय ५ दिनका लागि बन्द गरिने भएको छ ।

कमलामाई नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहालद्वारा जारी विज्ञप्ति अनुसार साउन २२ गतेदेखि २६ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरिएको छ ।

पछिल्लो केही दिन यता सिन्धुलीको आँखा अस्पताल तथा क्लिनिकमा आँखा सम्बन्धी समस्याका कारण बिरामीको भीड बढेको छ । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।