२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सुरु


130
Shares

काठमाडौं । धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको ५ औं संस्करण ललितपुरमा सुरु भएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास एण्ड र्‍याकेट्स हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य विजयी भए ।

पहिलो दिन पुरुष एकल, मास्टर्स एकलका खेलहरु भएका हुन् । महिला खुल्ला र अण्डर नाइन्टिन युथ विधाका खेलहरु सोमबार सुरु हुने छन् ।

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता घरेलु स्क्वासको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनको समन्वयमा आयोजना भएको हो । स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।