१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


माओवादी केन्द्र एकढिक्का भएको छ : अध्यक्ष दाहाल


195
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र पार्टी एकढिक्का र भावनात्मक रुपले एकजुट भएको बताउनुभएको छ ।

आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य राख्दै अध्यक्ष दाहालले यस केन्द्रीय कमिटी बैठकपछि पार्टी एक ढिक्का भएको बताउनुभएको हो । उहाँले नेताहरु भावनात्मक रुपले पनि एकजुट भएको भन्दै माओवादी केन्द्र पुनः जाग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीले देशको नेतृत्व लिनेगरी अगाडी बढ्ने बताउनुभयो । उहाँले पार्टी विधि, पद्धतीभन्दा बाहिर नजाने बताउनुभयो । उहाँले सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडी बढ्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान ३ महिना सञ्चालन गर्ने जानकारी दिदैँ आफु पनि सो अभियान अन्तर्गत ७ प्रदेशको ७ वटा वडामा पुग्ने बताउनुभयो । उहाँले सो अभियानका क्रममा माओवादी केन्द्रका शुभचिन्तकको मात्रै नभई सबै नेपाली जनताको घर–घरमा नेता, कार्यकर्ताहरु पुग्ने बताउनुभयो । उहाँले गाउँ–गाउँका एउटा पनि घर नबिराई जनताको घरमा पुग्न र जनताको कुरा सुन्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले तिन महिने विशेष अभियानपछि पार्टीको विधान अधिवेशन गर्ने पनि जानकारी दिनुभयो ।