७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अवकाश भइसक्नुपर्ने सदस्य सचिवले गरे हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड

सदस्य सचिव काफ्लेका कारण प्रवेश परीक्षा स्थगित

4.342k
Shares

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का अवकाश भइसक्नुपर्ने सदस्य सचिव र चिकित्सा आयोगका विवादबिच सिटिइभिटीका प्रवेश परीक्षा स्थगित भएको छ ।

सिटिइभिटी र आयोगको कुरा नमिलेपछि अन्तिम समयमा आएर प्रवेश परीक्षा स्थगित गरिएको र स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने भएको छ ।

चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबिच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभिटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न गत बुधबार र बिहीबार बैठक बसेको पछि दुई सातापछि परीक्षा हुने गरी स्थगित गरिएको हो ।

चिकित्सा शिक्षा ऐनविपरीत सदस्य सचिव जीवनारायण काफ्लेले सम्बन्धन दिएपछि र अपग्रेडिङ गरेपछि विवाद उत्पन्न भएको थियो । ४९ वटा कलेजमा आफ्नै तजबिजमा सिट निर्धारण गरेर एचए, फार्मेसी, ल्याबलगायत डिप्लोमा तहमा सिट निर्धारण गरेर सदस्य सचिव काफ्लेले चलखेल गरेपछि प्रवेश परीक्षा प्रभावित हुँदा हजारौं विद्यार्थी अन्योलमा परेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।