१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


जिपमाथि ढुंगा खस्दा ३ जना घाइते


1.638k
Shares

काठमाडौं । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक जिपमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको जिपमाथि ढुंगा खस्दा जीप चालकसहित ३ जना घाइते भएका हुन् ।

घाइते धएका ३ नै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।