२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


२३ वटा निर्माण कम्पनी कालो सूचीमा


10.647k
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै जिम्मा लिएर समयमा नगर्ने २३ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो ।

कालो सूचीमा पर्ने कम्पनीहरुमा पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा रहेका छन् ।

यसैगरी, समृद्धि निर्माण सेवा, नव निर्माण विल्डर्स, चेतना युकेएन जेभी, बिकेबी कन्स्ट्रक्सन, ब्लुबर्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन कालोसूचीमा परहेका छन् ।

यसैगरी, एकेएज कन्स्ट्रक्सन, के आर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्वन कन्स्ट्रक्सन, लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, अनुष्ठान कन्स्ट्रक्सन, योद्धा निर्माण सेवा र जय भगवती निर्माण सेवा सूचीमा परेका छन् ।

कार्यलयले यी कम्पनीलाई एक वर्षदेखि डेढ बर्षसम्मका लागि कालाृसूचीमा राखेको छ । कालो सूचीमा परेका अवधिभर यी कम्पनीहरू कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउँदैनन् ।