
काठमाडौं । संसद अवरोध खुलाउने विषयमा बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच सहमति जुट्न सकेन ।
सोमबार सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । सहमति नभएपछि फेरि साढे ३ बजे नेताहरु छलफलमा बस्ने भएका छन् । नेताहरुबीच छलफल भएका कारण आज १ बजेका लागि बोलाइएको संसद बैठक अहिले सम्म बस्न सकेको छैन । झण्डै सय किलो सुन तस्करी प्रकरणमा नेकपा एमालले उच्च स्तरीय छानविन समिति गठन गर्नु पर्ने माग एमालेले पछिलला दिनमा प्रतिनिधि र राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्दे आइरहेको छ ।
साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।
साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यही विषयलाई लिएर एमालेले संसद अवरोध गर्दै आइरहेको छ
प्रतिक्रिया दिनुहोस्