२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं : रवि लामिछाने


273
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै आएको बताउनु भएको छ ।

सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गर्दै यस्तो बताउनु भएको हो ।

सभापति लामिछानेले लेख्नुभएको छ, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ दुखद ।’

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि आज स्थगित भएपछि सभापति लामिछानेले आक्रोश व्यक्त गनुभएको हो ।