
फाइल तस्बिर
काठमाडौं । पोखरामा अनुदानको मल बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।
सरकारले अनुदानमा उपलब्ध गराएको मल प्रतिकिलो १५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।
गुनासोका आधारमा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुगमन गर्दा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी लिने गरेको पाइएको महानगर कृषि महाशाखाले जनाएको छ ।
अनुगमनका क्रममा अमरसिंह कृषि सुलभ पसलले २१ रुपैयाँ किलोको युरिया मद ३५ रुपैया र ५० रुपैयाँ किलोको डीएपी ६५ रुपैयाँमा बिक्री गरेको पाइएको जनााइएको छ ।
महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्