
एजेन्सी । कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा वर्तमान प्रधानमन्त्री हुनसेनका छोरा हुन मानेट नियुक्त भएका छन् ।
केही दिन अघि प्रधानमन्त्री हुनसेनले आफना छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । कम्बोडियाका राजा नोरोदोम सिहामोनीले साेमबार एक समारोहकाबीच हुन् मानेटलाई कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
यद्दपी औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उनको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसदमा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्ना जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।
सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १ सय २५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेको थियो । मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट रोकेपछि यो निर्वाचनलाई नाटकको संज्ञादिँदै आलोचना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्