१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले संस्था तथा स्रष्टालाई सम्मान


156
Shares

धनकुटा । धनकुटा सदरमुकाममा रहेको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले १२ औं स्थापना दिवसको अवसरमा संस्था तथा स्रष्टालाई सम्मान गरेको छ ।

भाषा, संस्कृति, कला एवं समाजसेवामा योगदान पुर्‍याउने संस्था तथा स्रस्टा लाई नगद सहित सम्मान गरिएको हो ।

पुस्तकालयले संस्कृत वाङ्गमय र पूर्वीय दर्शनको श्रीवृद्धिमा योगदान गरेको भन्दै भोजपुरको दिङ्गलामा रहेको षडानन्द माध्यमिक विद्यालयलाई गर्गश्री सम्मान २०८० बाट सम्मान गरेको छ ।

यस्तै, मधुश्री विशिष्ठ साहित्य पुरस्कार बाट साहित्यकार काजी शेरचन, कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कारबाट मानबहादुर फागोलाई नगद सहित सम्मान गरिएको छ ।

कार्यक्रममा टिकाप्रसाद लामिछानेद्धरा अनुवादित श्रीमद्धभागवत नेपाली अनुवाद र कवि भोलानाथ घिमिरेद्धरा लिखित कविता संग्रह ‘सुपुत्रको खोजीको’ लोकार्पण गरिएको थियो ।