
काठमाडौं । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष निकट कांग्रेसको भगिनी संस्था,नेपाल महिला संघबीच टकराबको स्थिति सिर्जना भएको छ ।
कोइराला पक्षले अध्यक्ष उषा राउत मिश्रले कार्यशैली सुधार नगरे केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति गठनको चेतावनी दिएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । कोइराला पक्षनिकट महिला संघका केन्द्रीय सदस्यहरूले गत साउन १८ गते सभापति देउवालाई भेटेर संघमा विधानविपरीत काम भइरहेकोमा रोक्न ध्यानाकर्षणसमेत गरेको थियो ।
अध्यक्षले स्पष्टीकरणको मौका समेत नदिई १२ जिल्ला अध्यक्ष हटाएको उनीहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्