१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दक्षिण एशियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा


52
Shares

एजेन्सी । जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेको तथ्यांक सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी निकाय युनिसेफले सार्वजनिक गरेको तथ्यांक अनुसार दक्षिण एशियामा तीन चौथाई बालबालिका गर्मीको चपेटामा परेका हुन् ।

सावधानी नअपनाए थप मारमा पर्ने चेतावनी युनिफेमले दिएको छ । तथ्यांक सार्वजनिक गर्दै युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराकाले विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट उथलपुथल अवस्थामा पुगेको बताउँदै ४६ करोडैं बालबालिकाको जीवन उच्च तापक्रमका कारण खतरामा पारेको बताउनुभयो ।

अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका बढी मारमा परेको जनाइएको छ । यो वर्ष ८३ वा सोभन्दा बढी दिन अत्यधिक उच्च तापक्रमलाई ३५ डिग्री सेल्सियस भन्दा बढी हुने अवस्थाको रूपमा परिभाषित गरेको छ ।

युरोप, एसिया र उत्तरी अमेरिकाका केही भागका दशौं लाख मानिस प्रभावित गर्ने विश्वव्यापी तापक्रमका कारण तीव्र गर्मी बढेको जुलाई महिना विश्वव्यापी रूपमा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा तातो महिनाको रुपमा रहेको थियो ।

वैज्ञानिकहरुले तापक्रम उत्सर्जनका कारण उत्पन्न गर्मी र अन्य प्रभाव अनुकूलन गर्न आवश्यक रहेको र आगामी दिनमा अझ खराब हुनबाट जोगिन यस दशकमा कार्बन प्रदूषण उत्सर्जनलाई घटाउनुपर्ने सुझाव दिंदै आएका छन् ।