
काठमाडौं । काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालत पाटनले आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानूनी व्यवस्था गरेकोमा व्यवसायीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको इजलासले सोमबार काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको हो ।
अदालतले साउन ३० गतेसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न पनि काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्