२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काभ्रेको खानीखोलामा एकै परिवारका ६ जना पहिरोमा पुरिए


13.52k
Shares

काठमाडौं । काभ्रेको खानीखोलमा पहिरोमा परी एकै परिवारका ६ जना पुरिएका छन् ।

खानिखोला गाउँपालिकाको वडा नम्बर ५ बाट मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे जाँदै गरेका ६ जना दोभान भन्ने स्थानमा पहिरोमा पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनकी श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान, ज्वाई जीवन पहरी र उनीहरुका साढे दुई वर्ष र डेढ वर्षका छोराछोरी पुरिएका हुन् ।

शान्तिमायालाई पहिरोबाट झिकेर उपचारका लागि मकवानपुरको भोर्लेनी लगिएको र उनको अवस्था चिन्ताजनक रहेको खानीखोला गाउँपालिकाले जनाएको छ ।

अन्यको खोजी कार्य जारी रहेको छ भने अविरल वर्षाले खानिखोला ५ मा रहेको लघु जलविद्युत आयोजना पनि पुरिएको छ ।