
काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् ।
अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सोमबार राति बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पठाइएको प्रहरी जनाएको छ ।
उनीहरु नदी किनार क्षेत्रमै बस्दै आएका थिए । उनीहरूको उद्धारका लागि ११ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्